काठमाडौं । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य बढाएको छ।

बुधबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।

निगमले बढेको मुल्य बुधबार राति १२ बजेदेखि लागि हुने जनाएको छ। नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६५ रुपैयाँ भएको छ। यसअघि पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ रहेको थियो।

त्यस्तै डिजल र मट्टीतेलको प्रति लिटर १५६ रुपैयाँ पर्ने भएको छ। यसअघि डिजल र मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको