काठमाडौं । भागवण्डाका आधारमा सरकारले सोमबार ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराए ।

यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको थियो । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५/३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।

हेर्नुस् सूचि

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको