काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार १ हजार ८६० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भैइरहेको छ।



