काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस संघको आयोजनामा हुने राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस च्याम्पियनसिप अगामी चैत ८ र ९ गते हुने भएको छ।
प्रतियोगितामा लिड र बोल्डर गरि दुई विधा समावेश गरिएको छ।
प्रतियोगिता अन्तराष्ट्रिय क्लाइम्बिङ स्पोर्टस महासंघ नियम र मापदण्ड अनुसार संचालन गरिने प्रतियोगितामा १४ वर्षभन्दा माथिका खेलाडीले सहभागिता जानउन पाउने छन्।
प्रतियोगिता अवधीभर खेलाडी तथा प्राविधिकको बिमा गरिएको आयोजकले जानकारी दियो। पहिलो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म क्वालिफिकेशन राउन्ड हुनेछ। जसबाट समान आठ पुरुष तथा महिला खेलाडी फाइनल राउन्डका लागि छनोट हुनेछन्।
दोस्रो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म फाइनल राउन्डको प्रतिस्पर्धा हुने छ। जसमा प्राप्त गरेको अंकका आधारमा शीर्ष तीनको घोषणा गरिने छ। विजेतालाई नगदसहित मेडल, प्रमाण पत्र प्रदान गरिनेछ।



