काठमाडौं : तामाकोशी पाँचौं हाइड्रो इलोक्ट्रिक परियोजनामा करौडौंको सेटिङका कारण इलेक्ट्रोमेकानिकल तर्फको बोलपत्रमा ५ पटक संशोधन गरि कुनै एउटा कम्पनीलाई मात्रै ठेक्का पार्ने खेल भएको पाइएको छ । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीको योजनामा चिनियाँ कम्पनी चोङनान सीडब्लुटीडब्लु कम्पनीलाई ठेक्का दिनकै लागि पाँचौं पटक बोलपत्रको सूचना संशोधन भएको स्रोतको दाबी छ ।

३ अर्बभन्दा बढी लगानी लाग्ने सो इलेक्ट्रोमेकानिकलको ठेक्काका लागि तामाकोशी पाँच परियोजनाले सुरुमा ३० मे २०२४ मा बोलपत्रको सूचना प्रकाशित गरेको थियो। मुख्य शर्तहरुमा टर्वाइनको हाइड्रोलिक मोडल टेस्टिङ र सीएफडी मोडलिङको इनहाउस फ्यासिलिटी हुनुपर्ने अनिवार्य शर्त थियो । तर, तेस्रो पटकको संशोधनमा चोङनान सीडब्लुटीडब्लुको जेभीसँग नमिल्ने भएपछि उसैलाई ठेक्का दिन ३ महिनापछि सो शर्त एकाएक हटाइयो ।

बोलपत्रको सूचनामा प्रतिस्पर्धामा भाग लिनका लागि ३५ मेगावाट वा सो भन्दा बढीका २ वटा फरक फरक हाइड्रोपावर परियोजनामा कम्तिमा २ वर्ष सञ्चालन गरिसकेको हुनुपर्ने सर्त राखिएको छ । टर्वाइन जेनेरेटरमा काम गरेकोमा एक देश भित्र र अर्को देश बाहिर अनिवार्य रुपमा काम गरिसकेको हुनुपर्ने अनिवार्य सर्त थियो । तर, यसलाई दोस्रो संशोधनमा हटाएर ३५ मेगावाटको ठाउँमा २५ मेगावाट टर्वाइनजेनेरेटर हुनुपर्ने उल्लेख गरिएको देखिन्छ ।

त्यस्तै बोलपत्रमा प्रति युनिट जेनेरेटर ४० एमभीए वा सोभन्दा बढी हुनुपर्ने र २ बर्षभन्दा बढीदेखि सफलता पूर्वक सञ्चालन गरेको हुनुपर्ने उल्लेख थियो । तर चोङनान सीडब्लुटीडब्लुलाई ठेक्का दिलाउन सो सर्तलाई संशोधन गरि ३२ एमभीएमा झारिएको थियो ।
तेस्रो पटक गरिएको बोलपत्र संशोधन अक्टोबर २, २०२४ मा ट्वार्वाइनको क्षमता हिसाव गर्ने फर्मुल्ला समेत परिवर्तन गरि विडको सूचना प्रकाशित गरेको थियो । यसमा प्रत्यक्ष रुपमा टर्वाइनको क्षमता घटाएर तल्लो स्तरको कम्पनीको ट्वाइन खरिद गर्ने नियत राखियो भने यो चोङनान सीडब्लुटीडब्लु जेभीसँग मिल्दो गरि सो प्रावधान राखिएको

प्रि विड बैठकमा भेल, जगदम्बा इन्टरप्राइजेज नेपाल, वान वल्ड कर्पोरेशन प्रालि, पावर चाइना चोङनान इन्जिनियरिङ लिमिटेड, सीडब्लुटीडब्लु, आइसीटिसी, आइएमपीएसए अर्जेन्टीना र भोइत जस्ता चर्चित कम्पनीहरु सहभागी भएर प्रस्ताव हाल्न इच्छुक थिए ।

कहिले कहिले म्याद थपियो समय;
३० मे २०२४  : २९ जुलाई २०२४ २ महिना
२९ जुलाई २०२४  : २७ अगष्ट २०२४ १ महिना थप
२७ अगष्ट २०२४  : २३ सेप्टेम्बर २०२४ २८ दिन म्याद थप
२३ सेप्टेम्बर २०२४: २ अक्टोबर २०२४ १० दिन थप
२ अक्टोर २०२४  : १७ अक्टोबर २०२४ १५ दिन म्याद थप

प्रतिस्पर्धाको नाममा एउटा मात्रै कम्पनीको प्राविधिक प्रस्ताव पास भएसँगै विना प्रतिस्पर्धा तामाकोशी पाँचौको ठेक्का मिलाउने र करौडौं रकमको सेटिङ गर्न खोजिएको आयोजनाकै एक कर्मचारीले बताए ।  २ महिनाको अवधी दिएर निकालिएको बोलपत्रको सूचना ५ पटक म्याद थप र संशोधन गरि ५ महिनाभन्दा भन्दा बढी समय लगाएर एकमात्र कम्पनीको प्राविधिक प्रस्ताव पारि आर्थिक प्रस्तावको समेत सूचना जारी गरिसकिएको छ ।

केही माओवादी नेताहरु मार्फत ठेक्का कबोल गर्ने कम्पनी मार्फत ३ प्रतिशत कमिशन अर्थात १५ करोड भन्दा बढी रकम को चलखेल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर