तनहुँ : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्ने बताउनुभएकाे छ।

बिहिबार तनहुँ महाेत्सवमा सम्बाेधन गर्नुहुँदै उहाँले कृषककाे भलाई र देशकाे आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जाेड दिनुभयाे। तनहुँ जिल्लाकाे राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र उर्जाकाे क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताउनुभयाे । `नेपालकाे अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेकाे छ।

कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जाेड दिनुपर्छ भन्नेमा दुइमत छ‌ैन,´ उहाँले भन्नुभयाे। काेभिडले नेपालकाे अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएकाे र त्यसले राेजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण याेगदान पुर्याएकाे सिंहले बताउनुभयाे। त्यस्तै उहाँले महाेत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनकाे बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारकाे प्राथिमकता नागरिककाे जिविका सहज बनाउनु रहेकाे भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रकाे विकासमा विशेष ध्यान दिइरहेकाे बताउनुभयाे। महाेत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजकाे चित्र प्रस्तुत गरेकाे भन्दै उहाँले कलासँस्कृतिकाे संरक्षण र प्रवर्द्धनका लागि पनि महाेत्सव हुनु सकारात्मक रहेकाे धारणा राख्नुयाे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर