काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए।
उने भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय भएको छ।’
यस्तै,उनले विभिद जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तिव्रता दिइ पर्यटन प्रवद्र्धनमा जोड दिने र मन्त्रालय अन्तर्गत सार्बजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जनकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए।
उनले भने,‘विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तिव्रता दिई पर्यटन प्रवद्र्धनमा जोड दिने। मन्त्रालय अन्तर्गत सार्बजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ।
त्यस्तै उनका अनुसार पुरातात्विक सम्पदा उत्खनन्को कामलाई नियमित परिणाममुखीमुलक बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ।



