काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।



