काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघले पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान गरेको छ। मंगलबार काठमाडौमा ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो।

सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कृत हुने सबैलाई बधाई दिदैँ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए। उनले भने, ‘नेपालको परिवेशमा कलाकारहरुले चित्र, मूर्तीलगायत विभिन्न माध्यमबाट तपाईहरुले उत्पादन गर्ने सामग्रहरुले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएको हुनाले यो योगदान एकदमै महत्वपूर्ण छ। कलाकारहरुको योगदानका लागि सम्मान गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर