काठमाडौ : सर्वोच्च अदालत बार एसोसियसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट डीएलएले शानदार जित हासिल गरेको छ ।

शनिबार काठमाडौंको रामशहापथस्थित सर्वोच्च अदालत परिसरमा भएको निर्वाचनमा कांग्रेस निकटको डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल अध्यक्षमा विजयी भएका छन् । पोखरेल ३६८ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

पोखरेलले एमाले निकटको पीपएल नेतृत्वको गठबन्धनका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गरे ।

सर्वोच्च बारमा ६२६ मतदाता रहेका छन् । सर्वोच्च बारमा डेमेक्रेट र कम्युनिस्ट समर्थकहरूबीच प्रतिस्पर्धा हुने गरेको छ ।

डीएलएले नेकपा एकीकृत समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो ।

एमालेको प्रगतिशील कानून व्यवसायी संघ पनि अध्यक्षबाहेक अन्य पद साना दल निकटकालाई दिएर चुनावी मैदानमा उत्रिएपनि जित निकाल्न सकेन ।

उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन् ।

कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन् । एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएका छन् ।

९ जना खुल्ला सदस्यमा डिएलएको प्यानलबाट ८ जना विजयी भएका छन् । सतिशराज मैनाली मात्र एमाले निकटको विपक्षी गठबन्धनबाट विजयी भए ।

यस्ताे थियाे पाेखरेल प्यानल

कसकाे कति मत ? 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको