काडमाडौं । रौतहट प्रहरीले अबैध किराना सामानसहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार प्रदेश २ ००१ च ४००० नम्बरको पिकअप भ्यानमा भन्सार छलेर ल्याएको सामान बरामद गरिएको छ । सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको चीनी, मैदा, धनिया, रिफाइन तेल, सेवई, सुपारी बोकेको पाइएको उनले जानकारी दिए।

बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ। पिकअप चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै सग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएको छ। नेपाल भारत सिमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहँु भारतीय सामग्रीहरुको चोरी निकासी हुने गर्दछ । तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको