काठमाडौं : संविधानसभाका सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता रञ्जित कर्णले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बधाई दिएका छन् । आज आफ्नो फेसबुवालमा स्टाटस लेख्दै कर्णले सरकारले डेढ दशकपछि राष्ट्रिय सहरी नीति, २०८१ ल्याएको भन्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिहलाई बधाई दिएका हुन् ।

इञ्जिनियरसमेत रहेका कर्णले यस नीतिले नेपालको शहरी विकासमा नवीन आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । ‘समुन्नत,व्यवस्थित एवं सहरी सुशासन अभिवृद्धि गर्ने बिश्वास लिएको छु। यस नीतिको सफल कार्यान्वयनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ,’ संविधानसभा सदस्य कर्णले लेखेका छन् । गत हप्ता मनित्रपरिषद् बैठकले राष्ट्रिय शहरी नीति ०८१ पारित गरेको थियो । कांग्रेस पूर्व महामन्त्री सिंहले मन्त्रालयको जिम्मेवारी समहालेपछि नीगित सुधारमा जोड दिइरहनुभएको छ । उहाँकै विशेष पहलमा शहरी नीति १७ वर्षपछि आएको हो ।

के छ शहरी नीतिमा ?

गत मंसिर २८ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहरी नीति स्वीकृत गरेको हो । राष्ट्रिय सहरी नीति, २०६४ लाई खारेज गरेर नयाँ नीति ल्याइएको हो । नीतिमा विशेष गरी चार रणनीति लिइएको छ । संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीसमेत छुट्याइएको छ । समुन्नत राष्ट्रिय सहरी प्रणाली र सहरीस्वरूपको विकास गर्ने, उत्थानशील सहरी पूर्वाधारको पहुँचमा विस्तार गर्ने, व्यवस्थित सहरी विकासका लागि स्रोत साधनको उच्चतम परिचालन गर्ने र अन्तरक्षेत्रगत समन्वय एवं सहरी सुशासन अभिवृद्धि गर्ने रणनीति अपनाइएको छ ।

मेगा सिटी, स्मार्ट सिटी, नयाँ सहर, हिमाली सहर, एरोसिटी, खाद्य हरियाली सहर, सहरी आर्थिक करिडोरजस्ता शब्दावलीको परिभाषा तथा मानक तयार गरिनेसमेत नीतिमा उल्लेख छ । अन्तरसहर र बस्तीहरूबीचको यातायात पहुँच अभिवृद्धि गर्न सरोकारवालासँगको सहकार्य र समन्वयमा द्रुत, अर्धद्रुत र स्थानीय मल्टिमोडल परिवहन पूर्वाधारको विकास र ट्रान्जिट ओरिएन्टेड विकासलाई प्रोत्साहन गर्ने नीति पनि छ । बृहत्तर सहरी क्षेत्र र सहरी आर्थिक करिडोरको एकीकृत विकास गरिने नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको