आज बजार ३३.०८ अंकले घटेर २५७६.५० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ। आज १.२६ प्रतिशतले घटेको हो।

२८ कम्पनीको सेयर मुल्य बढेको बजारमा आज ५ अर्ब ६७ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ। २ सय १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्यमा कुनै परिर्वतन भएको छैन।

आज तिन कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेड,जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मुल्य १० प्रतिशले घटेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर