दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका हुन्।

यसअघि प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो। बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ।

हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ। चौथो अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको