काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो। शुक्रबार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ।



