काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन आज नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो। सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहिवार सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो। त्यस्तै आज शुक्रबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ।



