बुटवल । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिहले औद्याेगिक व्यापार मेला,बुटवल २०८१ काे अवलाेकन गरेका छन्।

उद्योग वाणिज्य संघ, रूपन्देहीले आयाेजना गरेकाे मेलाकाे बुधबार उनले अवलाेकन गरेका हुन्।

मेला अवलाेकनपछि संक्षिप्त सम्बाेधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यापार मेलाले आर्थिक गतिविधि बढाउन मद्दत गर्ने भन्दै मेला सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे। उहाँले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे बाँकी काम छिटै सम्पन्न गर्ने पनि बताउनुभयाे । `नेपाल सरकारले विशेष संरचनाका रूपमा सञ्चालनका लागि गठनादेश मन्त्रिपरिषदबाट पारित भइसकेकाे छ। अब यसलाई चाँडै सम्पन्न गर्ने र सम्पन्न भइसकेका संरचनाकाे व्यवस्थित रूपमा सञ्चालनका लागि सरकार अघि बढिसकेकाे छ,´ उहाँले भन्नुभयाे।

शहरी विकास मन्त्रालयअन्तर्गतकाे बुटवल अन्तरास्ट्रिय सम्मेलन केन्द्रमा जारी १६ दिनसम्म चल्ने मेलाकाे आज ८ ओँ दिन हाे। सिंहसँगै मेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, रूपन्देही कांग्रेसका सभापति, तिलाेत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायत सहभागी हुनुहुन्थ्याे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर