काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम भएको थियो भने आज (मंगलबार) पनि सुनको मूल्य सोमबार कै कायम छ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर