काठमाडौं : शनिबार नेपाली प्रिमियर लिग ( एनपीएल) सम्पन्न भयाे । पहिलाे संस्करणमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बाेल्ट्सले उपाधी उचाल्याे । ८ टिम सहभागी एनपीएल २२ दिन चल्याे भने ३२ खेल भए ।

एनपीएलले नेपालमा मात्र हाेइन विश्वकै ध्यान तान्न सफल भयाे । एनपीएलमा खेलाडीकाे मात्रै चर्चा भएन, विश्वभर नेपालमा रहेकाे क्रिकेट क्रेजकाे पनि चर्चा भयाे । त्रिवि क्रिकेट मैदानमै लाखाैंले प्रत्यक्ष हेरेकाे खेल विश्वभर कराेडाैंले टेलिभिजन र सामाजिक सञ्जालमार्फत हेरे ।

एनपीएलकाे सफलतासँगै यसकाे आयाेजक नेपाल क्रिकेट संघकाे पनि यतिबेला चर्चा छ । नेपाल प्रिमियर लीग एनपीएलको सफल आयोजना गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई धेरेले बधाई भनेका छन् । एनपीएललाई अर्वाैको ब्राण्ड बनाउँदै क्रिकेटप्रेमीमा क्यानप्रति थप विश्वास बढाउन चन्द नेतृत्वकाे टिम सफल भएकाे छ । क्यानका अध्यक्ष चन्द कांग्रेस बैतडीका सभापति समेत हुन् । कतिपयले चन्दलाई खेलकुदमन्त्री बनाउनुपर्नेसम्मकाे धारणा सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्माले ओलीले पनि क्यानकाे प्रशंसा गरे । संघका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीसँगकाे भेटमा सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्र गरे। उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिए। शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको