काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ।

गत शुक्रबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको आज प्रतितोला एक लाख ४९ हजार छ सय मा कारोबार भएको छ।

चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर