काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले दुई वर्ष आफू बेड रिडनमा रहेकाे दाबी गरेका छन् । तर, त्यस्ताे दाबी र त्रिविमा उनकाे हाजिरीले भने फरक तथ्य देखाउँछ ।
उनले जिल्ला अदालत काठमाडौंमा आफू २ वर्ष बेड रिडनमा रहेकाे , साे क्रममा असहाय हुँदा सहयाेगी राखेकाे दाबी गर्दै साे बापत पनि क्षतिपूर्ति माग गरे । आफू २ वर्ष बेड रिडनमा रहेकाे दाबी गरेपनि विश्वविद्यालयमा उनी कार्यरत समाजशास्त्र विभागले उपलब्ध गराएकाे हाजीरीमा भने उनले घटना घटेकाे ९ दिनमात्र विदा लिएकाे देखिन्छ । समाजशास्त्र विभागका विभागिय प्रमुख डा. पासाङ शेर्पाले उपलब्ध गराएकाे विवरणअनुसार चलाउनेले ०७७ असाेज २० देखि ३० गतेसम्म विदा लिएकाे देखिन्छ । यही अवधिमा एक दिन सार्वजनिक विदा परेकाे थियाे ।
त्यसपछि उनले नियमित विश्वविद्यालयमा हाजीर भएर पठनपाठन गर्दै तलब लिइरहेकाे देखिन्छ । ०७७ असाेज २० गते चलाउनेमाथि घटना भएकाे थियाे । उनले १ लाख ८३ हजारकाे ट्याक्सी चढेकाे, २ वर्ष सहयाेगि राखेकाे भनि क्षतिपूर्ति मागेका छन् । उसाे त आफ्नाे खुट्टै भाँचिएकाे दाबी गरेका चलाउनेले साेही दिन किर्तिपुर प्रहरी परिसरमा आफै उपस्थित भएर जाहेरी दरखास्त दिएकाे पीडक भनिएकाे पक्ष बताउँछ ।
चलाउनेकाे दाबी कति सत्य हाे ? उच्च अदालतकाे फैसला पर्खनैपर्ने हुन्छ ।
चलाउने कार्यरत समाजशास्त्र विभागकाे हाजीरी

तर, यस्ताे छ उनकाे दाबी





