काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन्।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँने गर्छन्। पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको