काठमाडौं । मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गायक, सर्जक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको स्वर रहेको नयाँ गित “अन्तिम भेट”सार्बजनिक भएको छ।

गीतमा पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक,सर्जक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ।सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।

गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की, आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ।

भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ।

सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । गीतलाई दर्शक स्रोताले एकदम रुचाएका छन् । युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ।गीतको भिडियो Kumar Chaulagain Official Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको