आफ्नो घर, देश र परिवार छाडेर विदेशी भूमिमा बस्न कुन चाहि मानिसका लागि सहज होला र ? तर, यी अवस्थाका बाबजुद हरेक मानिस देश छाड्न बाध्य छन् ।
केही विदेश भूमिमा शिप सिक्न जान्छन् त कोही आफूसँग क्षमता प्रयोग गर्दै आयआर्जनका लागि विदेसिएका हुन्छन् । परिस्थितिवस् विदेसिएपछि मात्र महसुस हुन्छ, देशप्रतिको प्रेम । ती मध्ये एक हुन्, भक्तपुरका अनुप थापा । चाँगुनारायण नगरपालिका छालिङमा जन्मिएका अनुपलाई विदेसिन रहर थिएन र परिस्थितिले उनी विदेसिए ।

त्यहाँ उनले अवसर खोज्दै आफूलाई प्रमाणित पनि गरे । एक सफल प्रो. मुवाँथाई किक बक्सर बने । उनको यी प्रतिभा नेपालसँगै जापान र अमेरिकासम्म पुग्यो ।
पढाईमा उनी औसत थिए । तर, उनमा कुनै एक क्षेत्रमा उत्कृष्ट गर्नुपर्छ भन्ने लक्ष्य भने चाहिँ थियो । तर, अभिभावकको चाहना थियो, छोराले पढाइमा नै राम्रो गरोस् । उनको लक्ष्य र रुची भने खेल नै थियो । उनले रहर मर्न पनि दिएनन् । विदेशी भूमिमा पनि उनले खेलकुदसँगै अगाडि बढाए । देशका लागि पदक पनि जिते । धेरै खेल विधामध्ये उनको रुची मार्सल आर्ट्स बन्न पुग्यो । चलचित्र हेर्ने क्रममा उनलाई टोनी जा र ब्रुस लीको कलाले आकर्षित गरेको थियो । त्यसैले उनले तेक्वान्दो सिक्न थाले । तेक्वान्दोमा ब्लु बेल्ट प्राप्त गरेका अनुपलाई नयाँ विधामार्पmत भविष्यको खोजी गर्ने चाहना भयो ।

उनी फुलकन्ट्याक्ट कराते खेल्न थाले । तर, यसमा पनि उनी सन्तुष्ट भएनन् । स्थानीय स्तरका विभिन्न प्रतियोगिताहरूमा उनले अवसर नपाएका हैनन् । जिल्ला बाहिर जानका लागि खर्चको अभाव उनका लागि बाधक हुने गरेको उनको अनुभव छ । खेलप्रति तीव्र मोह भए पनि कमजोर आर्थिक अवस्था उनका लागि सहज भएन । तर, विश्वमा आफूलाई अब्बल खेलाडी प्रमाणित गर्नु नै थियो, त्यसैले उनले स्व अभ्यासमा निरन्तर समर्पित रहे । उनी सन् २०१६ मा जापान पुगे । यसै क्रममा मुवाँथाई बक्सिङ सिक्न थालेको उनी बताउँछन् ।

मुवाँथाई अभ्यास गर्दैगर्दा उनी जापान पुगेका थिए । त्यहाँ काम, अध्ययनसँगै उनी खेल करियरमा पनि सक्रिय भए । खेल नै अनुपको प्राथमिकतामा रह्यो । तब त धेरै खेल प्रतिस्पर्धामा उनी अब्बल भए र देशका लागि धेरै पदकहरू दिलाउन सफल रहे । २०२२ सेप्टेम्बरमा उनले टोकियोमा भएको शुक वानकिङथोङ एमेच्योर मुवाँथाइमा स्वर्ण पदक जिते । उनले ६१ केजी तौलसमूहमा सुवाबे खाईलाई हराएका हुन् । जापान पुगेको पाँच वर्षपछि उनले मुवाँथाईमा लगातार प्रतिस्पर्धा गर्न थाले । पहिलो सफलतामा नै उनमा नयाँ उत्साह र जागर बढ्दै गयो ।

जसले अन्य प्रतिस्पर्धाका लागि उनका ढोकाहरू खुल्दै गए । शुक वानकिङथोङ मुवाँथाईमा पनि अनुप स्वर्ण जित्न सफल भए । डिसेम्बर ४ मा टोकियोमा उनले ५७ केजी तौलसमूहमा सिमिजु ताचुतोलाई हराउँदै स्वर्ण जिते । यी सफलतासँगै अनुपको चर्चा जापानी क्लबमा पनि हुन थाल्यो । नेपाली समुदायमा पनि उनको प्रशंसा हुुन्थ्यो । यससँगैै उनले अन्य प्रतिस्पर्धा खेल्ने अवसर पनि पाए । ‘खेल्दै गएपछि केही सफलता पनि पाए । केही सफलता पनि पाएपछि नेपाली समुदायले पनि प्रोत्साहन गर्नु भयो । यसले ममा आत्मविश्वास पनि बढ्यो । यससँगै प्रतिस्पर्धाहरूमा पनि जिते,’ अनुपले भने ।

उनले सन् २०२२ को फेब्रुअरीमा टोकियो एनेक्समा स्वर्ण पदक प्राप्त गरे । उनले शुक वानकिङथोङ मुवाँथाई जापान राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशनसँगै स्वर्ण पदक जितेका हुन् । एक वर्षपछि पनि उनले सुखद नतिजा दोहो¥याए । विश्व मुवाँथाई काउन्सिल (डब्लुएमसी) को आयोजनामा सन् २०२३ अगस्ट ६ मा बिओएम ४३ जापान प्रोफेसनल मुवाँथाई च्याम्पियनसिप भयो । जापानको योकोहमाको ओसानबानी हलमा भएको उक्त प्रतिस्पर्धामा पनि उनी सफल भए । यसले अनुपमा थप आत्मविश्वास पलायो । उनले वान च्याम्पियनसिपको तयारी गरे ।

सन् २०२४ को अक्टोबरमा भएको डब्लुएमएसी इन्टरनेसनल ब्याटल अफ डेटोनमा पनि उनको प्रतिस्पर्धा रह्यो । यो प्रतिस्पर्धामा उनले बक्सिङ लाइट वेटमा चुनौती प्रस्तुत गरे । जहाँ उनी सफल पनि भए । यसै प्रतियोगितामा अनुपले लाइट कन्ट्याक्ट र एमएमए लाइट ओपन क्लासमा रजत र किक लाइटमा कांस्य पनि जिते । यी सफलतासँगै अनुपलाई नेपालको मार्सल आटर््सका क्षेत्रमा राम्रा खेलाडीका रूपमा उभ्याएको छ । साथै उनका सफलताले पनि विदेशी भूमिमा नेपालको पहिचान बढाएको छ । उनको यो प्रतिभालाई देशले पनि अपनत्व लिँदै थप हौसला बढाउन आवश्यक छ । २०२२ जुलाई ५ तारिखका दिन २ बजे राती सीन्जुकू टोकीयोमा जापानी माफीया द्वारा आक्रमणमा परेका मङगोलियाका युवकलाई बचाएको दिनदेखी टोकियोको माफियाबाट असुरक्षित हुनपुगेको अनुप थापाले बताए । पछिल्लो समयमा उनी जापानबाट अमेरिकामा छन् ।

त्यहाँ पनि उनी आफ्नो खेल प्रतिभा थप उचाइमा पु¥याउने लक्ष्यमा छन् । ‘उनी भन्छन्उनी ब्रुकलिनमा रहेको विश्वको नम्बर एक बक्सिङ लिजेन्ड ग्लिसन बक्सिङ जिममा सन् २०२५ को जनवरीदेखि प्रशिक्षण गर्ने तयारीमा छन् । उनका प्रशिक्षक लियोन मोर ३० पल्टसम्म विश्व बक्सिङ च्याम्पियन हुन् । उनको लक्ष्य किक बक्सिङमा विश्वविजेता बन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउनु हो । त्यसैले पनि उनी ब्रुकलिनमा प्रशिक्षण गर्न थालेका हुन् ।

कसरी मार्सल आटर्स पुगे अनुप आटर्स
अनुप सानै उमेरदेखि चञ्चले स्वाभावक थिए । उनलाई टोनी जा र ब्रुस लीको फाइट खुबै मन पर्दथ्यो । यी दुईका उनी ठूलो प्रशंसक बने । पछि अनुपलाई पनि ब्रुस ली र टोनी जा जस्तै बन्ने चाहना भयो । त्यसपछि उनी मार्सल आटर्सका अभ्यास गर्न थाले । मार्सल आटर्समा उनको यात्रा तेक्वान्दो खेलबाट सुरु भयो । भक्तपुरको तेलकोटस्थित ओम तेक्वान्दो डोजाङमा उनी तेक्वान्दो सिक्थे र अन्य जुनियर खेलाडीलाई पनि सिकाउँथे । पछि अनुपले तेक्वान्दो खेलबाट जिल्लाका प्रतिस्पर्धामा पनि सफलता पाए । यसले पनि थप आत्मविश्वास बढ्यो । तर, तेक्वान्दोका प्रशिक्षकले बीचमा नै प्रशिक्षण छाडे र उनमा पनि आर्थिक अवस्था कमजोर भयो ।

त्यसपछि अध्ययन र काम पनि गर्न उनी जापान पुगे । जापानका मानिसलाई अनुपले नेपालबारे सोध्दा उनीहरू अनविज्ञता प्रकट गर्थे । यसले उनलाई नराम्रो लागिरहन्थ्यो । खेलमार्फत आफ्नो देश चिनाउने उनको लक्ष्य बन्यो । उनले आफूसँग भएको प्रतिभालाई अगाडि बढाए । उनले टोकियोमा रहेको विश्वका लिजेन्ड र थाइल्यान्डमा पनि मुवाँथाई किक बक्सिङ प्रशिक्षण लिन थाले । तर, आफ्नो खेल करियरलाई थप उचाइमा पु¥याउन उनले जापान छाड्दै अमेरिका रोजे । नेपालमा उनी जस्तै धेरै प्रतिभाहरू लुकेका छन् ।

तर, उनहरूलाई एक्सपोजरको आवश्यक छ । उनी आपैmँ पनि यस कुरामा सहमत छन् । खेल विकाससँगै प्रतिभा खोजी गर्न नियमित प्रतियोगिता आवश्यक रहेको उनको बुझाइ छ । ‘मैले राम्रा अवसर पाएको थिएन । तर, केही अवसरले पनि आत्मविश्वास पलायो । त्यसैले देशमा रहेका युवा प्रतिभाले पनि अवसर पाउनुपर्छ,’उनी भन्छन् । उनी युवा प्रतिभा प्रोत्साहन गर्ने खालको योजना आउनुपर्ने औंल्याउँछन् । विश्वका उत्कृष्ट प्रशिक्षकसँग खेल्ने अवसर नेपाली खेलाडीले पाए भने विश्व खेलकुदमा नयाँ इतिहास कोरिने उनी बताउँछन् । सरकारसँगै निजी क्षेत्रीले पनि सहयोग गर्नुपर्ने उनको बुझाइ छ । तब मात्र विश्व खेलकुदमा नेपाली झन्डा फरफराउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको