काठमाडौं : विशेष अदालतले वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइडबडी जहाजमा पूर्वमन्त्री जऊवनबहादुर शाहीले सफाइ पाएका छन् । विशेष अदालतमा गएको कात्तिक २६ देखि लगातार हेर्दाहेर्दैमा रहेको मुद्दामा बिहीबार न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केहीलाई  भ्रष्टाचार भएको ठहरसहित फैसला सुनायाे । फैसलामा तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई भने सफाई दिइएकाे छ । शाहीमाथिकाे आराेप पुष्टि नभएपछि सफाइ पाएका हुन् ।

पूर्वमन्त्री शाहीबारे फैसलामा के छ ? 

सर्वप्रथम प्रतिवादी जीवन वहादुर शाहीका हकमा विचार गर्दा निज तत्कालीन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री पदमा कार्यरत रहँदा नियमानुसारको बैंक जमानत / सुरक्षण बिना नै Commitment Fee भुक्तानीको लागि डलर सटही सुविधाको सिफारिस गरेको; कानुन विपरीतको MoU लाई वैधानिकता प्रदान गरेको, निजबाट भएको निर्णयले निजको उत्तराधिकारीको रुपमा आउने पदाधिकारी वा निकायले MoU बदर गर्दा निगमले Commitment Fee पनि गुमाउनुपर्ने र विमान पनि प्राप्त नहुने जस्ता दोहोरो जोखिममा पार्ने अवस्था सिर्जना गरे गराएको भनी कसूरमा संलग्न भएको भन्ने दावी रहेको देखिन्छ । मिसिल सामेल कागजात अध्ययन गर्दा निज निगम सम्वन्धित मन्त्री (Line Minister) भएको सम्म देखिन्छ । नेपाल वायु सेवा निगम ऐन २०१९ मा विषय विषयमा नेपाल सरकारलाई जिम्मेवारी दिईएको भएपनि मन्त्रीलाई त्यस्तो कुनै छुट्टै जिम्मेवारी दिईएको पाईंदैन । विशेषतः निगमको कुनै पनि खरिद प्रक्रियामा कुनै प्रकारको जिम्मेवारी तोकिएको देखिंदैन ।

दुई वटा वाइड बडी खरिद प्रक्रियामा MoU भईसकेपछि मात्र आपूर्तिकर्तालाई विमान खरीदको
सुनिश्चितताको लागि पठाईने Commitment Fee अमेरिकी डलरमा भुक्तानी गर्नु पर्ने भएकाले सटही गर्न सम्बन्धित मन्त्रालय, अर्थ मन्त्रालय हुँदै राष्ट्र बैङ्कमा सिफारिस गर्ने प्रयोजनको लागि तह तह टिप्पणी उठी सचिव मार्फत पेश भएकोमा सदर सम्म गरेको देखिन्छ । सटही सुविधाको सिफारिसको पत्र पठाउंदा यो खरिद प्रक्रियाको कागजात निज समक्ष पेश भएको भन्ने वादीको दाबी नरहेको तथा वहसको क्रममा देखाउन सकिएको अवस्था पनि छैन । यस अवस्थामा निगमका तर्फबाट हुने विमान खरिद वापतको रकममध्ये Commitment Fee भुक्तानी गर्न अमेरिकी डलर सटहीका लागि सम्वन्धितं मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यमा निजको वदनियतपूर्ण संलग्नता रहेको भन्न मिलेन । तसर्थ निज प्रतिवादी जीवन बहादुर शाही विरुद्धको आरोप दावी प्रमाणबाट पुष्टि हुन नआएकोले निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर