काठमाडौं : विशेष अदालतले वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइडबडी जहाजमा भ्रष्टाचार भएकाे ठहर गरेको छ .। विशेष अदालतमा गएको कात्तिक २६ देखि लगातार हेर्दाहेर्दैमा रहेको मुद्दामा बिहीबार न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार भएको ठहरसहित फैसला सुनायाे । फैसलामा तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई भने सफाई दिइएकाे छ । शाहीमाथिकाे आराेप पुष्टि नभएपछि सफाइ पाएका हुन् ।

विशेष अदालतले जहाज खरिदको समयमा महहाप्रबन्धक रहेका सुगनरत्न कंसकार, पर्यटनसचिव शंकरप्रसाद अधिकरी, पूर्वअर्थसचिव शिशिर ढुंगना र पर्यटन सहसचिव बुद्धिसागर लामिछानेलाई भने दोषी ठहर गरेको छ। यी चारजना नेपालीबाहेक विदेशी कम्पनीका विभिन्न व्यक्तिलाई पनि विशेषले दोषी ठहर गरेको छ।

१ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवनबहादुर शाही लगायत अन्यले भने सफाइ पाएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको