कास्की : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फागुन अन्तिम साता गर्ने गरि १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् । पोखरामा बिहिबार मन्त्री चौधरीले केही दिनभित्रै मिति घोषणा हुने बताए ।
यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको उनले बताए । उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए ।



