
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रवक्ता हरिभक्त पुडासैनी नियुक्त भएका छन् । नगर प्रमुख उपेन्द्र कार्कीले आज पुडासैनीलाई प्रवक्ताको जिम्मेवारी तोक्नुभएको हो । पुडासैनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हुन् ।
नगर प्रमुख कार्कीले प्रवक्ता नियुक्तिसँगै नगरपालिकाको सूचना प्रवाह र जनसम्पर्क थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।