
काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो ।