काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिको शुक्रबार बसेको बैठकले उनीहरुको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए। निरौलामाथि दुइटा उजुरी परेको थियो।

ती उजुरीमाथि जबाफ दिएका निरौलाले आफू मुख्य रजिस्ट्रार भएका बेला न्यून बेरूजु भएकोले पुरस्कार पाएको र सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का प्रक्रिया सम्बन्धमा आफू संलग्न नरहेको बताए।

आफू मुख्यन्यायाधीशमा नियुक्त भएको दुई महिनापछि सर्वोच्चको भवन निर्माणको प्रक्रियाबारे निर्णय भएकोले यसमा संलग्न नरहेको उनको भनाइ छ।

निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको, सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो। समितिमा पाण्डेविरूद्ध कुनै उजुरी परेको थिएन।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको