काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सुरु हुँदैछ ।

नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ ।

महायज्ञ उद्घाटनअघि आज बिहान साढे दश बजे भद्रकाली मन्दिर परिसरबाट मौलिक नेपाली झाँकी तथा १ सय ८ शंखघण्टसहित शोभायात्रा सुरु हुनेछ ।

महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आएका छन् । महायज्ञकै दाैरान ध्यान शिविर, वैदिक महासम्मेलन र भागवत सार वाचन लगायतका कार्यक्रम पनि आयाेजना हुँदैछन् । महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको