काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तीब्रता दिन थालेको छ। हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ।

हयात होटल्स कर्पोरेसनले आफ्नो ब्राण्ड विस्तारलाई प्राथमिकता दिएको हो। यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ। कुल १७५ कोठा रहेको यो होटेल गोल्यान समूह अन्तर्गतको दोस्रो होटलको रूपमा सञ्चालमा रहनेछ। यसअघि काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही सञ्चालनमा रहेको छ।

यो सम्झौताले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थानमा रहेको प्रष्टयाएको हो। हयात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी गोल्यान ग्रुपले निर्माण कार्यलाई तीब्रता दिएको छ।

ह्यातका भारत र दक्षिण पश्चिम एसियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने, ‘लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक, यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ। यसले हयातको संसारभरका महानुभाव, ग्राहक र सञ्चालकलाई मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। नेपाल दक्षिण पश्चिम एसिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी हयात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्यको अपेक्षा गर्दछौँ।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको