काठमाडौं । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले क्यानडा एचपीसँगको दोस्रो खेलमा पनि जित हासिल गरेको छ।

सोमबार भएको खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजि गरेको हो।

नेपालले दिएको १८८ रनको लक्ष्य पाएको क्यानडा एचपी ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रनमा समेटियो।

जितसँगै नेपालले अभ्यास खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग– २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको