काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले अवरुद्ध राजमार्ग र पुलको चाँडो मर्मतसम्भार गरि यातायातका साधन सुचारु गर्न सरकारसँग माग गरेको छ । विभागका प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनिय घटनाले कयौं जनताहरुमा त्रास उत्पन्न भएको छ । कयौं जनता चाडपर्व मनाउन आफ्नो घर जान पाइँदैन कि भन्ने चिन्तामा हुनुहुन्छ,’ विभनग प्रमुख सतारले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,‘यस विषम परिस्थितीमा बाढीपहिरोबाट सुरक्षा निकाय र सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग,सहायक मार्ग, तथा पुलको चाँडो मर्मतसम्भार गरि यातायातका साधन सुचारु गर्न माग गर्दछु ।’

त्यस्तै राष्ट्रिय विपद्को अहिलेको अवस्थामा विभागमा आवद्ध संघ, प्रदेश र स्थानीय तहमा रहनुभएका शुभेच्छुक संस्थाहरुलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको