काठमाडौं : नेपाली कांग्रेसका नेता अब्दूल सतारले बाढी पहिरोका कारण यात्राका क्रममा बिच बाटोमै अलपत्र परेका यात्रुहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट परेको अविरल वर्षाले पहिरो ल्याउँदा र पुलहरु भत्काउँदा सयौं यात्रुहरु अहिले पनि अलपत्र नै छन् । ती यात्रुलाई खाना, वासको प्रवनध गर्न र सुरक्षित गन्तव्यमा पर्याउन उनले सरकारलाई भनेका छन् ।
‘शुक्रबार देखिको अविरल वर्षा र बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनेको छ। मानविय तथा भौतिक क्षति हुनुका साथै सडकमा यात्रुहरूको विचल्ली भई बाटोमा पानी समेत खान नपाई दुख भोगिरहेको दुखद अवस्था छ। तत्काल राहत र उद्धार कार्यको प्रभावकारी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गर्दछ’ कांग्रेस केन्द्रीय सदस्य सतारले भनेका छन् ।
त्यस्तै, उनले बाढी पहिरोपछिको राहत र उद्धार कार्यमा ध्यान दिन पनि माग गरेका छन् । पछिल्लो बाढी पहिरोमा पनि निधन हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।