काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले केन्द्रीय सदस्यहरूबाट आर्थिक सहयोग संकलन गरी बाढीपहिरो पीडितलाई सहयोग गर्ने भएको छ।

अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा सोमबार बसेको बैठकले केन्द्रीय सदस्यहरूबाट जनही पाँच सय रुपैयाँका दरले सहयोग रकम संकलन गर्ने निर्णय गरेको हो। नेविसंघमा ७१० जना केन्द्रीय सदस्य छन्।

कांग्रेसले पनि बाढीपहिरो पीडितका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ दिने आइतबार निर्णय गरेको थियो। गत बिहीबारदेखि परेको वर्षाका कारण १९३ जनाको मृत्यु भएको छ भने सडक, पुललगायत संरचनामा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको