काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,चाँदीको मूल्य भने मंगलबार घटेको छ।

सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कोरोवार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको