विराटनगर, भदौ १९ :नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने बताएका छन। मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा बीपी चिन्तन प्रतिष्ठान कोशि प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन

उनले अहिले बनेको काँग्रेस एमालेको गठबन्धनले जनतालाई आशा जगाएको पनि जिकिर गरे। डाक्टर महतले संविधान संशोधन गर्दा संविधानबाट समावेशिता हटाउन खोजेको भन्ने कुरा गलत भएको र नेपाली कांग्रेस पार्टी समावेशिताको पक्षमा लड्दै आएको पार्टि भएकाले काँग्रेसले संविधानबाट समावेशितालाई हटाउने कुरा सोच्न समेत नसक्ने बताए। उनले भने”समानुपातिक निर्वाचन प्रणाली हटाएर पनि समावेशिता सुनिश्चित गर्न सकिन्छ, विश्वका थुप्रै देशमा यस्तो प्रणाली अभ्यासमा छन्,अब हामिले पनि यो विकल्प सोच्नु पर्ने बेला भयो।’’ प्रवक्ता महतले संविधान संशोधनको विषयमा अन्योन्य र गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै त्यतातिर सचेत रहन पनि सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको