काठमाडौं : नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले भाद्र १४ गते शुक्रबार तीजको उपलक्ष्यमा महिला सम्मान एवं दर खाने कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा. कुन्दन राज काफ्ले, संघिय बन तथा वातावरण राज्यमन्त्री मा.रुपा वि•क, केन्द्रीय सदस्यहरु मा. प्रतिमा गौतम, मा. सिता गुरुंग, धना खतिवडा, ननेपाल महिला संघ अध्यक्ष उषा मिश्र राउत , बाग्लुङ जिल्ला सभापती एवं गण्डकी प्रदेश सांसद मा. जीत बहादुर शेरचन, ने.बि.संघ पुर्ब महामन्त्री बलदेव तिमल्सिना लगाएत अतिथी हरुको उपस्थिति रहेको थियाे ।

कार्यक्रममा पाँच विधाका उत्कृष्ट पाँच महिला लाई सम्मान गरिएकाे थियो। राजनीतिक क्षेत्रबाट राष्ट्रिय सभा सदस्य मा. बिष्णु देवि पुडासैनी , कला संस्कृती एवं गायनमा बरिस्ठ गायिका कुन्ती मोक्तान , साहित्यतर्फ साहित्यकार सन्ध्या पहाडी , समाजसेवाबाट आमा बिहिन हरुकी आमा जुनु पुन मगर र खेलकुद तर्फ नेपाली महिला क्रीकेट टीमकि राष्ट्रिय कप्तान इन्दु बर्मालाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथी सिटौलाले नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले यस पटक तिजको अवसरमा बिशेस र महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै देशका निम्ति नाम, किर्ति राख्ने नेपालका गहनाहरुलाइ हौसला बढाउन डरुरू रहेको र यो कार्य राजवीतिक दलहरुले पनि आफ्नो कार्ययोजनामा समाबेश गर्नुपर्ने बताउनप भयो । नेता सिटौलाले महिला हरूमा सहनशिल क्षमता पुरूषमा भन्दा धेरै हुने भएकोले हरेक क्षेत्रमा महिलाहरूको नेतृत्वमा गरेकाकार्य सफल भएको बताउनुभयो। उहाँले सम्मानित सबैलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै आगामी दिनमा जस्तोसुकै सहयोग गर्नु परे पनि नेपाली कांग्रेस पार्टी तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको बिषयबस्तु बारे प्रस्ट पार्दै नेपाली कोङ्रसका यूवा नेता एवंम नेपाल बिद्यार्थी संघका पुर्ब महामन्त्री बलदेव तिमल्सिनाले Talk Center मार्फत नेपालमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने मुर्धन्य व्यक्तित्वहरु लाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा थप बैचारीक गतिबिधि संगै यस्ता प्रकारका कार्यक्रम लाई निरन्तरता दिने प्रतिबद्वता जनाउनुभयो ।
सम्मान समारोहमा नेपाली कांग्रेसका नेताहरु, सांसद,जिल्ला सभापति, नेपाली कांग्रेसका भातृ तथा सुभेच्छुक संघ संस्थाका पदाधिकारी एवं सदस्य हरु र विशेष गरि महिलाहरुको ठुलो उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति कांग्रेस नेता रत्न हरि ढुङ्गेलले सम्मानित मुर्धन्य व्यक्तित्वहरुको उज्ज्वल भबिस्यको शुभकामना दिदैं कार्यक्रमका विशेष अतिथि, अतिथिगण लगाएत उपस्थित सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै भब्यताका साथ कार्यक्रम सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पुर्णलाई विशेष धन्यवाद व्यक्त गर्नुभएकाे थियो ।




