काठमाडौँ । साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई पेनाल्टीमा ४–३ ले पाखा लगाएको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा बंगलादेशले बाजी मार्यो।

अब बंगलादेशले आगामी बुधबार उपाधिका लागि नेपालसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको