काठमाडौं : बार्हबिसे नगरपालिका वडा नं ३ का वडाअध्यक्ष जीवन कुमार भण्डारी अभिनित तिज गितकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । भण्डारी र नेहारिका थापाको मोडलिङ रहेको तिजको चर्चित गित “मलाई पिर छैन धनको बरिलै” बिमोचन भएकाे छ । बसुन्धरा किचेनमा आयाेजित कार्यक्रममा साे गितकाे विमाेचन गरिएकाे हाे ।
पूर्व बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आतिथ्यतामा तिज गित विमाेचन भयाे । गितमा चर्चित गायिका लक्ष्मी रेग्मीको स्वर, सर्जकद्वय प्रतिभा शर्मा चपाइकाे शब्द र कुमारको लय सृजना रहेको छ ।
याे गितमार्फत माेडलिङमा डेब्यू गरेका भण्डारी बार्हबिसे नगरपालिका वडा नं ३ का अध्यक्ष हुन् । भण्डारी गितसँगितमा रुचि राख्छन् भने युवा उद्यमीका रूपका समेत परिचित छन् । उनले तिज गितकाे म्युजिक भिडियाेमा राम्राे प्रतिक्रिया पाएकाे भन्दै आगामी दिनमा अरू भिडियाेमा पनि देखिन सक्ने बताए ।



