काठमाडौं । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ। भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।

खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो। त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित फाइनलमा पुगेको हो।

भुटानका लागि जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे। उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको