काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने गरि तयारी गरिररहेको बताए छन्।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुको धरहरासम्बनिध जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको बताए।

उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त भने छिटै हुने उनको भनाई थियो। ‘ धरहरा चढ्न चाहनेहरुका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने।

त्यस्तै नयाँ शहरका सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताएका छन्।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको पनि बताए। सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको