काठमाडौं :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठक मार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरिय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले बोकेका लक्ष्य र उदेश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए । उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा,१२ गते पर्यटन महाशाखा,१९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिनु भयो । उहाँले सरकार र कर्चारीबीचको सम्बन्ध मार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गरे ।

त्यसै गरि उनले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई हतोतसाहित भन्दा पनि प्रोत्साहन र उत्प्रेरणा दिनु पर्नेमा जोड दिएका छन् । उनले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको