काठमाडौं । काभा वुमन्स नेसन लिग भलिबल प्रतियोगिता २०२४ मा नेपालले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्ड हलम सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेट, २५-१८ तथा तेस्रो सेट २५-१९ ले जित्न सफल भयो।

पहिलो र दोस्रो सेटको तुलनामा नेपालले तेस्रोमा निकै संघर्ष गर्नु परेको थियो।

कुनै समय १०-१४ को अबस्थामा नेपालले पुनरागमन गरेको हो।

घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना भएको काभामा नेपाललाई दाबेदारको रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको