
काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो।
बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ।
बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।