
काठमाडौं । नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो।
मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।
यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ।