काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार सम्पन्न खेलमा नेपाल ३-० सोझो सेटमा पराजित भएको छ।
पहिलो सेट, १७-२५, दोस्रो सेट १९-२५ र तेस्रो १५-२५ गुमाएको थियो।
यहीँ खेलमार्फत आरती सुवेदी र सुमित्रा रेग्मीले राष्ट्रिय टोलीका लागि डेब्यू गरेका छन्।
दोस्रो खेल सोमबार हुनेछ। नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो।
नेपालले यो मैत्रीपूर्ण खेललाई काभा नेसन्स लिगको तयारीका रूपमा लिएको छ। प्रतियोगिता साउन १९ देखि नेपालमै हुँदैछ। प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ।



