काठमाडौं । एसिया कप महिला टि२० क्रिकेट नेपालले ऐतिहासिक जित हासिल गरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेट पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो।
युएईले दिएको ११६ रनको लक्ष्य नेपाल १६.१ ओभरमा चार विकेट गुमाए पुरागर्यो।
नेपालको जितमा सम्झनाले सर्वाधिक ७२ रन बनाइन्। ४५ बल खेलेकी उनले ११ चौका प्रहार गरिन्। रुविना क्षेत्री १० रनमा आउट हुँदा पुजा महतो सात रनमा अविजित रहिन्।
युएईका कविशा इगोडागो सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १२ रन खर्चिइन्। यस्तै, लावन्या केनीको नाममा एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो।
यसअघि सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएपनि नेपाल जितविहीन थियो। योसँगै नेपालले त्यो तथ्य फेरर जित दर्ता गरेको छ।



