काठमाडौं :उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार सुविधायुक्त सहर बनाउन काम गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्हण पछि उहाँले बस्न लायक शहर बनाउनका लागि मन्त्रालयले काम गर्ने बताउनुभयो ।
शहरी विकास मन्त्रालयले जनतालाई महसुस गराउने गरि काम गर्नुपर्ने भन्दै कर्मचारीहरुलाई सोही अनुसार अघि बढ्न पनि निर्देशन दिनुभएको छ ।
सोमबार पदभार ग्रहणपछि मन्त्रालयकातर्फबाट ब्रिफिङ सुनेपछि मन्त्री सिंहले शहरी विकास मन्त्रालयले गरिरहेका कार्यक्रमहरु, योजनाहरु जनतालाई एहसास गराउन सक्नुपर्ने बताउनुभयो । उहाँले राजधानीको रिभर सिस्टमको राम्रो व्यवस्था गर्न नसकिएको र जलवायुमा परिवर्तनको असर हटाउँदै पुनर्जागृत गर्न मन्त्रालयले सक्नुपर्ने बताउनुभयो । त्यसका लागि नीतिगत सुधार गर्नुपर्ने भए जानकारी गराउन पनि सिंहले निर्देशन दिनुभयो ।
सिंहले अब जनतालाई डेलिभरि गर्ने गरि काम गनुपर्नेमा जोड दिँदै यसअघि आफुले स्थानीय विकास मन्त्री हुँदा गरेका काम अहिले शहरी मनत्रालयले गरिरहेकाले यो मन्त्रालय आफ्ना लागि नयाँ नभएको पनि बताउनुभयो । व्यवस्थित शहर बनाउन, शहरमा बस्ने वातावरण बनाउन सक्ने मन्त्रालयका रुपमा शहरी विकास मन्त्रालयलाई स्थापित गर्ने पनि सिंहले प्रतिवद्धता जनाउनुभयो ।



